Logo
Logo

मेयरको उम्मेदवार बन्‍न प्रदेशसभा सदस्यबाट राजीनामा


3.6k
Shares

काठमाडौं । नेकपा एमालेबाट बागमती प्रदेशसभा सदस्यमा निर्वाचित विजय सुवेदीले सांसद पदबाट राजीनामा दिएका छन् । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न उनले सांसदबाट राजीनामा दिएका हुन् ।

सुवेदीलाई एमालेले चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा उठाउने तयारी गरेको छ । सुवेदी भरतपुर महानगरबाट सर्वसम्मत सिफारिस भैसकेका छन् ।

सुवेदीले बागमती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठ समक्ष बिहीबार राजीनामा पत्र बुझाएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्