काठमाडौं । नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रेसँग पनि तालमेल गर्न सक्ने जनाएको छ ।

बिहीबार बसेको नेकपा एमाले केन्द्रीय सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपमहासचिव पृथ्वी सुब्बा गुरुङले कांग्रेस र माओवादी केन्द्रसँग पनि चुनावी तालमेल हुनसक्ने बताएका हुन् ।
उनले भने, ‘कतिपय स्थानीय तहमा नेपाली काँग्रेस र माओवादीसँग पनि कतिपय ठाउँमाहरुमा लोकल लेबलमा तालमेल हुनसक्छ ।’
एमालेले यसअघि गठबन्धनसँग एक्लै चुनावी प्रतिस्पर्धा गर्ने बताउँदै आएको थियो । तर सत्ता गठबन्धनले एमालेसँग चुनावी तालमेल नगर्ने निर्णय गरिसकेको छ ।














