Logo
Logo

एमालेले आज घोषणा पत्र सार्वजनिक गर्ने


315
Shares

काठमाडौं । नेकपा (एमाले)ले स्थानीय तहको निर्वाचनका लागि आज घोषणापत्र सार्वजनिक गर्ने भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा दिउँसो १ बजेपछि घोषणापत्र सार्वजनिक गर्न लागेका हुन् । पार्टीको नीति तथा अनुसन्धान प्रतिष्ठान र स्थानीय विकास विभागले विभिन्न चरणमा छलफल गरेर घोषणापत्र तयार गरेका थिए । घोषणापत्र सार्वजनिक गरेपछि अध्यक्ष ओलीले सम्बोधन गर्ने भएका छन् ।

यसअघि नेकपा एकीकृत समाजवादी, राप्रपा, राप्रपा नेपाललगायत दलहरुले घोषणापत्र र प्रतिबद्धतापत्र सार्वजनिक गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्