Logo
Logo

राप्रपाबाट मदनदास श्रेष्ठ मेयरका उम्मेदवार


1.1k
Shares

काठमाडौं । कलाकार मदनदास श्रेष्ठ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार बन्ने भएका छन् ।

राप्रपा महानगर समितिको बिहीबार बसेको बैठकले मेयरको उम्मेदवारका लागि कलाकार मदनदास श्रेष्ठको नाम सिफारिस गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

]यसअघि पार्टीको शीर्ष तहमा श्रेष्ठलाई मेयरको उम्मेदवारमा मदनसहित पूर्वसचिव केदारबहादुर अधिकारी र पूर्वएसएसपी दीपक रञ्जितको नाममा छलफल भएको थियो ।

यस्तै, राप्रपाले ललितपुरमा अष्ट महर्जन, पोखरामा शंकर खराल, वुटवलमा मृगेन्द्र शेरचन, दमकमा राम थापा, सिद्धार्थनगरमा सागर प्रताप राणालाई मेयरमा सिफारिस गरेको छ ।

प्रतिक्रिया दिनुहोस्