काठमाडौं । पूर्वराजदूत तथा नेकपा माओवादी केन्द्रका नेता लक्की शेर्पा नेकपा एमाले प्रवेश गरेका छन् । शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा आयोजित कार्यक्रममा संविधानसभा सदस्य समेत रहेका शेर्पा एमाले प्रवेश गरेका हुन् ।

शेर्पा नेकपा माओवादी केन्द्रको सिफारिसमा नेपालका लागि अष्ट्रेलियाको राजदूत समेत बनेका थिए । एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा आयोजित एक कार्यक्रममा शेर्पालाई खादा ओढाएर स्वागत गरेका थिए ।
यस्तै माओवादी केन्द्रका केन्द्रीय सदस्य धर्मदत्त देवकोटालाई पनि ओलीले एमाले प्रवेश गराएका छन् ।














