
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक आज बस्दै छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा दिउँसो तीन बजे बैठक बस्न लागेको एमाले प्रचार प्रसार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
बैठकले वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा महानगर र उपमहानगरपालिका उम्मेदवारबारे निर्णय गर्ने उनले बताए ।
उनका अनुसार निर्वाचन सम्बन्धी आवश्यक निर्णय पनि आजको बैठकबाट गर्ने एमालेको तयारी छ । एमालेले ६ महानगर र ११ उपमहानगरपालिका उम्मेदवार केन्द्रबाट तय गर्न लागेको हो ।














