Logo
Logo

वडाध्यक्षमा ८१ वर्षीय व्यञ्जनकारद्वारा पुनः उम्मेदवारी दर्ता


1.5k
Shares

ललितपुर । ललितपुर महानगरपालिका वडा नम्बर–१० का अध्यक्ष नरसिंह व्यञ्जनकारले पुनः उम्मेदवारी दर्ता गराएका छन् ।
स्वतन्त्र उम्मेदवार व्यञ्जनकार ललितपुर महानगरमा उम्मेदवारी दर्ता गर्ने पहिलो उम्मेदवार बनेका छन् ।

८१ वर्षका व्यञ्जनकारले विसं २०२९ सालदेखि लगातार वडाध्यक्षमा चुनाव जित्दै आएका छन् । उम्मेदवारी दर्ता गरेपछि पत्रकारहरुसँग उनले राजनीतिक यात्रा सुरु गरेको ५० वर्ष भइसकेको सुनाए । वडाध्यक्षमा उम्मेदवारी दिएको यो उनको दशौँ पटक हो ।

प्रतिक्रिया दिनुहोस्