Logo
Logo

कामनपाको मेयरमा समीक्षाद्वारा मनोनयन दर्ता


1.8k
Shares

काठमाडौं । विवेकशील साझा पार्टीबाट काठमाडौं महानगरको मेयरमा समीक्षा बाँस्कोटाले उम्मेदवारी दर्ता गराएकी छन् । आफ्नो उम्मेदवारी दर्ता गरेपछि उनले काठमाडौं महानगर वैकल्पिक राजनीतिको केन्द्र बन्ने बताइन् ।

आइतबार आफ्नो उम्मेदवारी दर्तापछि पत्रकारहरुसँग उनले काठमाडौं महानगरबासीले परिवर्तन चाहेकाले विवेकशीलका उम्मेदवारलाई विजयी गराउनेमा आफू ढुक्क रहेको बताइन् ।

यस्तै, राष्ट्रिय यथार्थवादी पार्टीका तर्फबाट आनन्दराज जोशीले पनि आजै मनोनयन दर्ता गरेका छन् ।

काठमाडौं महानगरपालिकाको मेयर पदमा कलाकार बालेन शाहले पनि उम्मेदवारी दर्ता गराएका छन् । उनले स्वतन्त्र हैसियतमा आइतबार राष्ट्रिय सभागृहस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस्