Logo
Logo

पाइलट विजय लामा रेणुको प्रशंसा गर्दै भन्छन्- ‘जब भरतपुर पुग्छु, विकासले लय समातेको आभास हुन्छ’


11.9k
Shares

काठमाडौं । पाइलट विजय लामाले रेणु दाहालले भरतपुर महानगरको मुहार नै फेरिदिएको बताएका छन् । सत्ता गठबन्धनको तर्फबाट भरतपुर महानगरपालिकामा मेयरको उम्मेदवार भएकी नेकपा (माओवादी केन्द्र) की नेता रेणु दाहालले विकास र समृद्धिको लागि दिलोज्यान दिएर काम गरेकाले भरतपुरको मुहार फेरिएको बताएका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै पाइलट लामाले विकास र समृद्धिका लागि अहोरात्र खट्ने नेताहरु नै जनताको रोजाइमा पर्नुपर्ने बताएका छन् ।

‘एक सचेत नागरिकको हिसाबमा मैले पनि यी सबै कुरा नजिकबाट नियालिरहेको छु । जब जब भरतपुर पुग्छु, भरतपुरले विकासको लय समातेको आभास हुन्छ । जसको नेतृत्व एक चेलीले गरिरहनुभएको छ । म उहाँलाई खासै चिन्दिनँ । न त निकट सम्बन्ध छ’ लामाले लेखेका छन्, ‘तर भरतपुरको मुहारमा जे जति परिवर्तन ल्याउन खोज्नु भयो त्यसप्रति मेरो उच्च सम्मान छ । मैले उहाँलाई चिनेको भनेको भरतपुर नगरपालिकाको फेरिएको मुहारले गर्दा हो । एउटा नेपाली चेलीले अगाडि बढाएका योजना, गरेको विकास र उपलब्धि साँच्चै गर्व गर्नलायक छ ।’

उनले दाहालले गरेको कामलाई नजरअन्दाज नगर्न लामाले आग्रह गरेका छन् । ‘पार्टी जुनसुकै होस् व्यक्ति र परिवेश जस्तोसुकै होस् हामीलाई चाहिएको विकास र समृद्धि हो । विकास र समृद्धिको लागि दिलोज्यान दिएर काम गर्ने नेता नै नेपाली जनताको रोजाई बन्नुपर्छ’ लामाले भनेका छन्, ‘यस्तै चेलीहरु नेतृत्वमा आएर खुरुखुरु काम गरेर देशलाई समृद्ध बनाउनु पर्छ ।’ दाहाल भरतपुरको दोस्रो कार्यकालका लागि गठबन्धनका तर्फबाट मेयरको उम्मेदवार भएपछि लामाले खुलेरै प्रशंसा गरेका हुन् ।

क्याप्टेन लामाकाे स्टाटस-

प्रतिक्रिया दिनुहोस्