Logo
Logo

निर्णयअनुसार तालमेलन नहुने भएपछि गठबन्धन तनावमा


16.8k
Shares

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि केन्द्रीय स्तरमा भएको सहमति कार्यान्वयन नुहुने अवस्था आएपछि सत्तारुढ गठबन्धनको बैठकले गठबन्धनमा आवद्ध राजनीतिक दलभन्दा बाहिरका दलसँग लातमेल नगर्ने पुनः निर्णय गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार साँझ बसेको गठबन्धनको बैठकले टिकट बाँडफाँटमा समस्या देखिएका ठाउँहरुमा भोलि (सोमबार) मनोनयन अघिसम्म मिलाउन अधिक्तम प्रयास गर्ने समेत निर्णय गरेको छ । समस्या रहेका ठाउँहरुमा मिलाउन भोलि बिहान ८ बजे शीर्ष नेताहरुको बैठक बस्ने भएको छ ।

केन्द्ररमा पाँच दलबीच वडासम्म नै तालमेल गर्ने सहमति भएपनि स्थानीय स्तरमा सहमति कामय हुन नसक्दा अधिकांश स्थानीय तहमा तालमेल नहुने अवस्था आएको छ ।

गठबन्धनमा आवद्ध दलहरुबीच नै तिक्तता देखिएपछि प्रमुख प्रतिस्पर्धी दल नेकपा एमालेलाई फाइदा पुग्ने देखिन्छ । कतिपय स्थानीय तहमा गठबन्धनमा आवद्ध दलहरुले नै गठबन्धनभित्र कुरा नमिल्दा एमालेसँग तालमेल गर्ने अवस्था देखिएपछि गठबन्धनका शीर्ष नेता तनावमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्