Logo
Logo

यस्तो रहनेछ आजको मौसम


378
Shares

काठमाडौं । अहिले देशको पहाडी भू–भागमा स्थानीय वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश नंं. १ मा आंशिक बदली रही अन्य ठाउँको मौसम बिहान सामान्यतया सफा रहेको छ ।

त्यस्तै, दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । प्रदेश नं. १ र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको बताइएको छ ।

यस्तै, राति देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी ठाउँको मौसम सामान्यतया सफा रहने महाशाखाको भनाइ छ । प्रदेश नं. १ र गण्डकी प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ ।

यसैबीच, प्रदेश नं. १ र गण्डकी प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाको अनुरोध छ ।

यसैगरी, देशको तराई तथा चुरे क्षेत्रमा तापक्रम बढ्दो क्रममा रहेका कारण गर्मीबाट हुनसक्ने सम्भावित असरबाट जोगिन आवश्यक सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्