Logo
Logo

आईपीएल : ‘प्लेअफ’ का खेल कोलकाता र अहमदाबादमा


504
Shares

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत प्लेअफका खेल कोलकाता र अहमदाबादमा हुने भएका छन् ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले कोलकाताको इडेन गार्डेन मैदानमा क्लालिफायर एक र इलिमिनेटरका खेल हुने तथा अहमदाबादको नरेन्द्र मोदी मैदानमा क्वालिफायर दुई र फाइनल खेल हुने निर्णय गरेको हो । यसअघि प्लेअफ र फाइनल खेल हुने मैदानको टुंगो लागेको थिएन । प्लेअफका खेलदेखि मैदानको पूर्ण क्षमतामा दर्शकलाई प्रवेश दिने निर्णय भएको पनि क्रिकेट सम्बन्धिन अनलाइन क्रिकइन्फोले जनाएको छ ।

दुई वटा सिजनपछि आईपीएलमा यो वर्ष मैदानको पूर्ण क्षमतामा दर्शक प्रवेश गराउन लागिएको हो । अहिले २५ देखि ५० प्रतिशत दर्शकलाई अनुमति दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्