Logo
Logo

आईपीएलमा मुम्बईको लगातार आठौं हार


693
Shares

एजेन्सी । मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपीएल) मा लगातार आठौं खेलमा हार व्यहोरेको छ ।

पाँच पटकको च्याम्पियन मुम्बई आइतवार लखनऊ सुपर जायन्ट्ससँग ३६ रनले पराजित भएसँगै प्ले अफको सम्भावनासमेत लगभग सकिएको छ । जितका लागि १६९ रनको लक्ष्य पाएको मुम्बई २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ३२ रनमा समेटियो । मुम्बईका रोहित शर्माले सर्वाधिक ३९ रन बनाए । यस्तै, तिलक बर्माले ३८ रन बनाए । लखनऊका क्रुनाल पान्ड्याले ३ विकेट लिए । यसअघि टस हारेर ब्याटिङ गरेको लखनऊले २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रनको योगफल तयार पारेको थियो ।

लखनऊका कप्तान लोकेश राहुलले सर्वाधिक १०३ रन बनाए । यस्तै, मनिष पाण्डेले २२ रन बनाए । मुम्बईका काइरन पोलार्डले र राइली मेरिडीथले समान २ विकेट लिए । जितसँगै लखनऊ ८ खेलबाट ५ जितसहित १० अंक बनाएर चौथो स्थानमा छ । मुम्बई ८ खेलमा जित बिहीन हुँदै पुछारमा छ ।

प्रतिक्रिया दिनुहोस्