
काठमाडौं । काठमाडौँ महानगरपालिकामा ११६ जनप्रतिनिधिले राजीनामा बुझाएका छन् । वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिनका लागि उनीहरूले हाल बहाल रहेको पदबाट राजीनामा दिएका हन् ।
कमपाको सहायक प्रवक्ता महेश काफ्लेका अनुसार आइतबार साँझ ५ बजेसम्ममा वडाध्यक्ष र कार्यपालिका सदस्य गरी २९ जना र अन्य ८७ वडा सदस्यहरूले पनि राजीनामा दिएका छन् ।
स्थानीय तह निर्वाचन उम्मेदवारी दर्ता गर्नका लागि सरकारको स्वामित्वमा रहेको कुनै संस्थामा पारिश्रमिक पाउने भए त्यस्तो पदबाट राजीनामा दिएको निस्सा बुझाउनुपर्ने कानुनी मान्यताअनुसार जनप्रतिनिधिले राजीनामा दिएका हुन् ।
महानगरको ५, ६, ७, १०, १४, २५, २६ र ३१ गरी ८ वटा वडाका अध्यक्षले भने राजीनामा दिएका छैनन् । आवाज पनि उम्मेदवारी दर्ता गर्ने समय रहेकाले अन्य जनप्रतिनिधिबाट राजीनामा आउन सक्नेछ । कामपामा प्रमुख, उपप्रमुखसहित १६० जनप्रतिनिधि रहेका छन् ।














