
काठमाडौं । सल्यानको बागचौर नगरपालिकामा एक स्थानीय नेताले आफूलाई पार्टीले दिएको मेयरको टिकट सहकर्मीलाई हस्तान्तरण गरेका छन् ।
आइतबार एमाले प्रदेश कमिटीले मेयरको टिकट एमालेका नगर कमिटी अध्यक्ष घनश्याम शर्मालाई दिएको थियोे । तर, शर्माले सोमबार बिहान उक्त टिकट तिलक मल्ल (क्षितिज)लाई हस्तान्तरण गरेका हुन् ।
पूर्व माओवादी केन्द्रका मल्ल एमालेको प्रदेश कमिटी सदस्य हुन् । यसअघि एमालेको नगर कमिटीले मल्लकै नाम मेयरको लागि सर्वसम्मत प्रदेशमा सिफारिस गरेको थियोे । आइतबार टिकट आउँदा शर्माको नाममा आएको हो ।
‘मल्ल जी चुनावी प्रचारप्रसारमा लागिसक्नु भएको थियोे ।’ शर्माले भनेका छन्, ‘प्राविधिक कारणले मेरो नाममा टिकट आयो । अहिले सहमतिमा मैले उहाँलाई हस्तान्तरण गरेको छु ।’














