Logo
Logo

आज यी स्थानमा वर्षाको सम्भावना


2.5k
Shares

काठमाडौं । हाल देशको पहाडी भू-भागमा स्थानीय वायु तथा पश्चिम वायुको प्रभाव रहेको छ । पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश तथा प्रदेश १ का पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बागमती प्रदेश र प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रहनेछ र देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जनरचट्याङसहित क्षणिकरहल्का वर्षाको सम्भावना रहेको छ ।

बुधबार देशको गण्डकी प्रदेश, बागमती प्रदेश, मधेस प्रदेश र प्रदेश १ मा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ का थोरै स्थानहरू र गण्डकी प्रदेश, बागमती प्रदेश र मधेस प्रदेशका एक(दुई स्थानमा मेघ गर्जनरचट्याङसहित क्षणिकरहल्का वर्षाको सम्भावना रहेको छ ।

बिहीबार देशको गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश १ मा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रहने छ। गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश १ का थोरै स्थानहरू र बाकी प्रदेशका पहाडी भू(भागका एक(दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित क्षणिकरहल्का वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्