Logo
Logo

सुनको मूल्य नौ सयले घट्यो


315
Shares

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रति तोला नौ सय रुपैयाँले घटेर ९९ हजार तीन सयमा झरेको छ ।
उक्त सुन अघिल्लो दिन प्रतितोला रु एक लाख दुई सयमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९८ हजार आठ सय कायम भएकामा अघिल्लो दिन प्रतितोला रु ९९ हजार सात सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार ३५० कायम रहेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९०२ डलर आसपास कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्