Logo
Logo

आफू खुशी दिएको उम्मेदवारी हटाउने पहल भइरहेको छ : देव गुरुङ


1.6k
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देवप्रसाद गुरुङले सत्तारुढ दलहरुले स्थानीय तह निर्वाचनका लागि आफू खुशी दिएको उम्मेदवारी हटाउन सबै ठाउँमा पहल भइरहेको बताएका छन् ।

संवाद डबलीले मंगलबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा प्रमुख सचेतक गुरुङले मनोनयनमा परेकाहरुबाट सहमतीमा उम्मेदवार कायम गर्न सत्तारुढ दलहरुबीच सहमती नभएपनि प्रतिगमनकारी, संविधानविरोधी शक्तिलाई हावी हुन नदिन आफूहरु सचेत रहेको बताए ।

सत्तारुढ दलहरुबीचको सहमतीविपरीत पनि उम्मेदवारी मनोनयन भएको उल्लेख गर्दै उनले त्यसलाई हटाउन पहल भइरहेको बताए । एमालेले प्रतिगमनकारी, पश्चागमनकारी कदम चालेकाले त्यसलाई रोक्न यथास्थितिबादी कांग्रेससँग गठबन्धन बनाउनु परेको उनको तर्क छ ।

उनले भने, ‘उम्मेदवारी फिर्ता लिने बेलासम्म छलफल गर्दै लगेर वडास्तरमा पनि सहकार्य गर्नसके हुन्थ्यो भन्ने ढंगले काम गरिराखेका छौं। कतिपय पालिका र वडास्तरमा दलहरुले आ–आफ्नो दलको नोमिनेशन गराएका छन्, संवाद चलाउँदै लगेर नाम फिर्ता लिने बेलासम्म सबै ठाउँमा सहमती जुटाउन प्रयास र पहल भइराखेको छ। कथमकदाचित त्यो भएन भने पनि प्रतिगमन र पश्चागामी शक्तिहरुलाई हावी हुन नदिने गरी हामी अन्य दलसँग सहकार्य गरेर अघि बढ्न तयार छौं।’

प्रतिक्रिया दिनुहोस्