Logo
Logo

बसले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु, २८ जना घाइते


252
Shares

मुस्ताङ । विराटनगरदेखि मुस्ताङको मुक्तिनाथ तीर्थ यात्रामा गएको बस कागबेनीमा दुर्घटनामा परेको छ । दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् ।

३८ जना तीर्थ यात्री बोकेको बसले स्कुटरलाई ठक्कर दिएपछि दुर्घटना भएको हो । बसले स्कुटर चालकलाई ठक्कर दिएकोले उसको घटनास्थलमै मृत्‍यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक महिला भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले बताए ।

दुर्घटनामा परी घाइते भएकाहरुको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्