काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका मेयरका उमेदवार केशव स्थापितको बचाउ गरेका छन् । काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै मिटू आरोप लागेका स्थापितको बचाउ गरेका हुन् ।

काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै स्थापितको बचाउ गर्दै मीटू अभियानमाथि नै प्रश्न उठाए । उनले भने, ‘अनेक कुप्रचार आउँछ, चरित्रहत्याका कुरा आउँछन्, मिटू आउँछ यस्ता बेलामा । मिटू कतिबेला आउँछभन्दा चुनाव आयो कि मिटू ! मिटूको के जवाफ हुन्छ ? हामी यस्ता कुराहरुमा होइन, महान उेद्दश्यतर्फ अघि बढेका छौं ।’
एमाले अध्यक्ष ओलीले महिलाहरुको अस्मिताको रक्षा, महिला अधिकार र सुरक्षाको सम्मानमा एमाले जति सजग अरु कोही नभएको दाबी समेत गरेका छन् ।











