Logo
Logo

देउवाकाे पत्रले लालबन्दीमा तनाव


7.1k
Shares

सर्लाही । सर्लाहीको लालबन्दीस्थित निर्वाचन अधिकृतको कार्यालय अगाडि तनावग्रस्त भएको छ ।

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले लालबन्दी नगरपालिकामा कांग्रेसको तर्फबाट मेयर पदका उम्मेदवार बासुदेव अधिकारीको उम्मेदवारी फिर्ता भएको पत्र पठाएपछि कांग्रेसका नेता कार्यकर्ताले नाराबाजी गरिरहेका छन् ।

सभापति देउवाले शुक्रबार साँझ निर्वाचन अधिकृतको कार्यालयमा पत्र पठाएका थिए । उनीहरुले निर्वाचन अधिकृतको कार्यालयबाट शुक्रबार साँझ उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन भइसकेको र उम्मेदवारी फिर्ता लिने समय ५ बजेपछि देउवाले पठाएको सो पत्रलाई मान्यता नदिन माग गर्दै निर्वाचन अधिकृतको कार्यालय अगाडि पुगेर नाराबाजी गरिरहेका हुन् ।

लालबन्दीस्थित निर्वाचन अधिकृतको कार्यालयले साँझ ५ बजेपछि प्रकाशित गरेको नामावलीमा कांग्रेसको मेयरका उम्मेदवार बासुदेव अधिकारीको नाम उल्लेख छ । देउवाले पत्र पठाएपनि अधिकारीको उम्मेदवारी कानुनतः फिर्ता हुने अवस्था छैन । तर प्रधानमन्त्री देउवाले नै उम्मेदवारी फिर्ता भएको भन्दै पत्र पठाएपछि अन्योलता सिर्जना भएको छ ।

शुक्रबार साँझ मात्र लालबन्दीमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच मेयर र उपमेयरमा चुनावी तालमेलको सहमति भएको छ । मेयरमा माओवादीले प्रल्हाद बुढाथोकी र उपमेयरमा समाजवादीले गोविन्द अधिकारीलाई अघि सारेको छ ।

प्रतिक्रिया दिनुहोस्