काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली र जिम्बावे ‘ए’बीचको खेल प्रभावित भएको छ । त्रिवि क्रिकेट मैदानमा शनिबार बिहान ९ः३० बजे सुरु हुने भनिएको खेल वर्षाका कारण प्रभावित बनेको हो । काठमाडौंमा आज बिहानैदेखि वर्षा भइरहेको छ ।

खेल टस हुनुअगावै भारी वर्षा भएपछि खेल रोकिएको छ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-टू को तयारी स्वरूप नेपालले जिम्बावे ‘ए’सँग प्रतिस्पर्धा गर्न लागेको हो ।
आजको खेलमा सहज जित निकाल्दै सिरिजमा सुखद सुरुवात गर्ने योजनामा नेपाल रहेको छ । जिम्बावे ‘ए’ पनि बलियो टोली हो । नेपालले तीन वर्ष अघि सिंगापुरमा जिम्बावेविरुद्ध खेलेको थियो । एकदिवसीय सिरिज अन्तर्गतको दोस्रो खेल सोमबार र तेस्रो खेल बुधबार हुनेछ ।











