कपिलवस्तु । वडाध्यक्षका उम्मेदवारको मृत्यु भएपछि कपिलवस्तुको बुद्धभूमि गाउँपालिकामा स्थानीय तह निर्वाचन स्थगित भएको छ ।
गाउँपालिकाको वडानम्बर–८ का वडाध्यक्षका उम्मेदवार ओमप्रकाश तिवारीको शुक्रबार साँझ मृत्यु जनाइएको छ । तिवारीको मृत्युपछि शनिबारको सबै निर्वाचन कार्यक्रम स्थगित गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
एमालेबाट उम्मेदवार बनेका तिवारीको शुक्रबार मृत्यु भएको सूचना प्राप्त भएपछि निर्वाचन अधिकृतको कार्यालयले सूचना जारी गर्दै निर्वाचन कार्यक्रम स्थगित गरेको हो ।












