Logo
Logo

अध्यक्षका १७ र ११ उपाध्यक्षका उम्मेदवारले उम्मेदवारी फिर्ता लिए


630
Shares

हुम्ला । आसन्न स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएका १७ पालिका अध्यक्ष र ११ जना उपाध्यक्षका उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्त लिएका छन् ।

नाम्खा गाउँपालिकाबाट माया लामा र कार्मा टुण्डुप लामाले उम्मेदवारी फिर्ता लिएको नाम्खा गाउँपालिका सहायक निर्वाचन अधिकृत धर्मराज न्यौपाने जानकारी दिए । उनका अनुसार उपाध्यक्षका स्वतन्त्र उम्मेदवार डाब्ला लामाले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।

यस्तै, सिमकोट गाउँपालिकाबाट नेकपा एकीकृत समाजवादीका तीर्थराज रोकाया र स्वतन्त्र उम्मेदवार नन्दबहादुर शाहीले उम्मेदवारी फिर्ता लिएका छन् भने उपाध्यक्षमा उम्मेदवारी दिएका समाजवादीकै प्रेमा लामाले पनि उम्मेदवारी फिर्ता लिएकी छन् ।

यस्तै, खार्पुनाथ गाउँपालिकबाट स्वतन्त्र उम्मेद्वार कांग्रेस नेता वीरजग शाही र माओवादी केन्द्रकी लक्ष्मी योगीले उम्मेदवार फिर्ता लिएका भने उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार कांग्रेस नेता अंगबहादुर शाही, कर्ण रावल र एमालेका गणेश रावल र धन रोकायाले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।

सहायक निर्वाचन अधिकृत न्यौपानेका अनुसार सर्केगाड गाउँपालिकामा माओवादी केन्द्रका अकिल बुढा र कांग्रेस मानदेव शाहीले अध्यक्षको उम्मेदवारी फिर्ता गरेका छन् ।

यस्तै, उपाधयक्षमा कांगेसकी स्वतन्त्र उम्मेदवार ज्योती शाही, एमालेका स्वतन्त्र उम्मेदवार नन्दबहादुर रोकाया, समाजवादीकी सुशीला शाहले उम्मेदवारी फिर्ता लिएका छन् ।

यस्तै, खेली गाउँपालिका माओवादी केन्द्रका स्वतन्त्र अध्यक्ष उम्मेदवार सुरवीर ऐडी र नेकपा माओवादी (समाजवादी)का खडक शिराले अध्यक्ष उम्मेदवारी फिर्ता लिएका छन् । उपाध्यक्षमा उम्मेदवारी दिएकाले भने फिर्ता लिएका छैनन् । अदानचुली गाउँपालिकामा समाजवादीका अध्यक्ष गोर्ख थापा, उपाध्यक्ष पवित्रा देवकोटाले पनि आफ्नो उम्मेदवारी फिर्ता गरेका छन् ।

यस्तै, ताजाँकोट गाउँपालिकामा अध्यक्षका स्वतन्त्र उम्मेद्वार जनता समाजवादी पाटीका दलबहादुर सार्की, स्वतन्त्र उम्मेद्वार वीरमान खडका, माओवादी केन्द्रका बलबहादुर बुढा, गोपाल बुढा र उपाध्यक्षमा पदमलाल सार्की, सिपकली खडिक, मोहन दमाइले उम्मेदवारी फिर्ता लिएको सहायक निर्वाचन अधिकृत प्रेम सिहंले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्