Logo
Logo

‘सुकुम्बासी समस्या समाधान गर्छु, सबै वडामा समान विकासको खाका कोर्छु’



सं

बुटवल । सत्ता गठबन्धनको तर्फबाट बुटवल उपमहानगरपालिकामा मेयर पदका उम्मेदवार खेलराज पाण्डेयले आफ्नो पहिलो प्राथमिकता सुकुम्बासी समस्या समाधान रहेको बताएका छन् ।

घर दैलो कार्यक्रममा जुटेका मेयरका उम्मेदवार पाण्डेयले नदी किनारको जोखिमयुक्त बस्तीलाई व्यवस्थित र सुरक्षित बनाउँदै सुकुम्बासी तथा अव्यवस्थित समस्यालाई केही समयमै समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

शनिबार बुटवलको वडा नं. १०, १२ र ३ मा भएको घेरदैलो तथा मतदातासंगको भेटघाटमा उनले आफूले जितेमा सबै वडामा समान ढंगले बिकासको खाका कोर्ने पनि प्रतिवद्धता व्यक्त गरेका छन् ।

बुटवललाई प्रदेशको राजधानी बनाउने सपना भएपनि कांग्रेसले ल्याएको अस्थायी मुकाम एमाले सरकारले दाङ पुर्याएको बताउँदै अब बुटवललाई आर्थिक राजधानी बनाउने उनको प्रतिवद्धता रहेको छ ।

बुटवलमा एमालेले निषेधको राजनीति गरेको बताउँदै आफूले जितेमा सबैलाई सम्मान हुनेगरी मेलमिलापको नीतिलाई प्रवद्र्धन गरिने उनको भनाइ रहेको छ । ‘यस अगाडि धेरैपटक एमालेलाई जिताउनु भयो, तर एमालेले जनताको चाहना र भावनालाई बुझ्न सकेन’ उनले भने, ‘यो पटक कांग्रेसलाई मत दिएर जिताएर एकपटक विचार गर्नुहोस्, बुटवलाई कस्तो बनाउनु पर्छ हामी देखाउँछौं ।’

अरुले जस्तो झूटो आश्वास आफूहरुले नबाँड्ने बताउँदै आफूले भनेका कुरा पुरा नभए आगामी दिनमा आफूहरु भोट माग्न नआउने समेत उनले मतदातासामू प्रतिवद्धता जनाएका छन् ।

बुटवलमा कांग्रेसले नेकपा एकिकृत समाजवादी, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चासँग चुनावी तालमेल गरेको छ । उम्मेदवार पाण्डेयले गठबन्धनका उम्मेदवारलाई पनि मत दिएर जिताउन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्