
काठमाडौं । गृह मन्त्रालयले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेललाई प्रहरी प्रमुखमा बढुवा गर्न प्रस्ताव गरेको छ । मन्त्रालयले एक नम्बर वरियतामा रहेका पोखरेललाई आईजीपीमा नियुक्त गर्ने गरी मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने निर्णय गरेको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवा तेस्रो नम्बर वरियतामा रहेका धिरजप्रताप सिंहलाई आईजीपी बनाउने तयारी गरेका थिए । तर आइतबार बिहान भएको सत्ता गठबन्धनको छलफलमा माओवादी शीर्ष नेताहरुले निर्वाचनका वेला वरियता मिचेर आईजीपी नियुक्त गर्दा विवाद हुन सक्ने बताएपछि उनलाई आईजीपी बनाउने तयारी गरिएको हो ।
पोखरेललाई केपी शर्मा ओली नेतृत्वको सरकारले २५ मंसिर २०७७ मा दरबन्दी थप गरेर एआईजीमा बढुवा गरेको थियो ।











