Logo
Logo

उम्मेदवारको निधन


693
Shares

रुपन्देही । आसन्न स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएका एक जनाको मृत्यु भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट मर्चवारी गाउँपालिका–३ को दलित महिला सदस्य पदमा उम्मेदवारी दिएका कुसुमी पासिनको शनिबार मृत्यु भएको हो ।

उनको मृत्युको सूचना पाएपछि निर्वाचन आयोगमा जानकारी गराइएको मर्चवारीका निर्वाचन अधिकारी सरोज पोखरेलले बताए । उनले निर्वाचनलाई असर नपर्ने गरी पुनः मनोनयनको प्रक्रिया अघि बढाउने बताए ।

प्रतिक्रिया दिनुहोस्