Logo
Logo

नेपालले जिम्बावेलाई दियो १८२ रनको लक्ष्य


504
Shares

काठमाडौं । नेपालले जिम्बावेलाई १८२ रनको लक्ष्य दिएको छ। टियूस्थित क्रिकेट खेलमैदानमा भइरहेको टी-२० प्रतियोगितमा टस हारेर ब्याटिङ्‌को निम्तो पाएको नेपालले निर्धारीत २० ‌ओभरमा ५ विकेट गुमाउँदै १८१ रन जोडेको हो ।

नेपालका लागि कुशल भुर्तेल ३१ बलमा ४६ रन जोडे। त्यस्तै रोहित पौडेलले २६ बलमा ३६ रनको पालि खेले। आशिफ शेख १६ बलमा ९ रन बनाउँदै आउट भएभने दिपेन्द्रसिंह ऐरी १३ बलमा २८ रन जोडे। यस्तै मोहम्मद आदीम आलम २७ बलमा ४७ रन जोडे ।

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे ुएु सँग सिरिज खेल्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्