Logo
Logo

नेपालले दियो जिम्बावेलाई १८२ रनको लक्ष्य


567
Shares

काठमाडौं । नेपालले जिम्बावे ’ए’लाई पहिलो टी–२० मा १८२ रनको लक्ष्य दिएको छ । जिम्बावेले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ५ विकेटको क्षतिमा १८१ रन जोड्यो ।

नेपालका लागि मध्यक्रम ब्याट्सम्यान आदिल अन्सारीले उत्कृष्ट ब्याटिङ गरे। उनले २७ बलमा ४ चौका र ३ छक्काको मद्दतमा नटआउट ४७ रन जोडे । त्यसअघि ओपनर कुशल भुर्तेलले ४६ रन जोडे । उनले ३१ बलमा ८ चौका हिर्काए भने आसिफ शेख ९ रनमा आउट भए ।

यस्तै, रोहितकुमार पौडेलले २६ बलमा ३६ रन र दीपेन्द्रसिंह ऐरीले रनआउट हुनुअघि १३ रनमा २८ रनको योगदान दिए भने आरिफ शेख २ रनमै आउट भए । बलिङमा जिम्बावेका ब्राड इभान्स, लुक जोङगे, ब्रान्डन माभुता र जोन मसाराले १–१ विकेट लिए ।

यसअघि शनिबारका तय भएको पहिलो एकदिवसीय खेल वर्षाका कारण स्थगित भएको थियो । एकदिवसीय खेल प्रभावित भएपछि पहिले टी–२० सिरिज हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्