Logo
Logo

गठबन्धनकै बलमा २३ सिटको कांग्रेस ९३ सिटको बन्छ- रामचन्द्र


1k
Shares

तनहुँ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपी ओलीको नेतृत्वमा पुरातनवादी शक्तिहरु एक ठाउँमा उभिएको आरोप लगाएका छन् ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल ट्रेड युनियन कांग्रेस तनहुँमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता पौडेलले ओलीको गठबन्धन पुरातनवादी, देशलाई पछाडि फर्काउन चाहने, बाहिर राष्ट्रवादको मुखुण्डो लगाएर भित्र विदेशीसामु घुँडा टेक्ने, लम्पसार पर्नेहरुको गठबन्धन भएको टिप्पणी गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले भने– ‘ओली गठबन्धनले संविधानको रक्षाभन्दा पनि देशलाई अस्थिरतातिर धकेल्छ । हाम्रो पाँच दलीय गठबन्धनले यो देश, संविधान, मुलुकलाई शान्ति प्रक्रियामा अगाडि बढाउँदै सबैको समानुपातिक अधिकार स्थापित गर्छ ।’

नेता पौडेलले पाँच दलीय गठबन्धनकै साथमा नेपाली कांग्रेस हिलो शक्ति बन्ने समेत दावी गरेका छन् । पौडेलले भने– ‘हामीले प्राप्त गरेको ३१ प्रतिशत जनमत र हाम्रो विपक्षमा रहेको ७० प्रतिशत जनमतलाई तल झारेर हामी ५० प्रतिशतभन्दा माथि कांग्रेसलाई पुर्‍याउन यो गठबन्धन गरेका हौं । २३ सिटमा अड्किएको नेपाली कांग्रेसलाई अब हामी ९३ सिटमा पुर्‍याउने छौं ।’

प्रतिक्रिया दिनुहोस्