Logo
Logo

सप्तरीको डाक्नेश्वरीमा कामना सेवा विकासको शाखारहित बैंकिङ सेवा


252
Shares

काठमाडौं । कामना सेवा विकास बैंकले थप नयाँ स्थानमा मोबाइल एप मार्फत शाखा रहित बैंकिङ सेवा शुभारम्भ गरेको छ ।

बैंकले सेवा विस्तार गर्ने क्रममा बैशाख १९ गते सोमबारबाट सप्तरी जिल्लाको डाक्नेश्वरी नपा–७ अमरलति चोकमा शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।

बैंकले डाक्नेश्वरी अमरलति चोकस्थित ओम शान्ति ट्रेडर्स सेन्टर (मुकेशकुमार साह)लाई शाखारहित बैंकिङ सञ्चालनका लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरेको छ ।

नेपाली कांग्रेस, मधेस प्रदेशका पूर्व क्षेत्रीय सभापति भगवती यादव तथा डाक्नेश्वरी नपा–७ का प्रहरी निरीक्षक राजु श्रेष्ठले संयुक्तरुपमा उक्त शाखा रहित बैंकिङ सेवाको शुभारम्भ गरेका थिए ।

बैंकका अनुसार शाखा रहित बैंकिङमार्फत खाता खोल्न, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिनेछ ।

यो सेवाबाट ग्रामीण तथा बैंकिङ पहुँच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्