Logo
Logo

बामदेव गौतमले लेखे एकीकृत समाजवादीको गीत (भिडियो)



काठमाडौं । राष्ट्रिय सभा सदस्य बामदेव गौतमले नेकपा एकीकृत समाजवादीको लागि चुनावी गीत लेखेका छन् ।

माधवकुमार नेपाल अध्यक्ष रहेको एकीकृत समाजवादीको ‘जनता जगाउने कलममा छाप लगाउने’ बोलको चुनावी गीत गौतमले लेखेका हुन् ।

उक्त गीत मंगलबार युट्युवमा सार्वजनिक गरिएको हो । सार्वजनिक भएको चुनावी गीतको भिडिओमा एकीकृतका शीर्ष नेता लगायत बामदेव पनि देखिन्छन् ।

बामदेवले लेखेको उक्त गीतमा कृष्ण केसी र जुना श्रीष मगरले स्वर दिएका छन् । गीत भने नेपाल मुस्लिम इतेहाद संगठनले बजारमा ल्याएको हो ।

भिडियो

प्रतिक्रिया दिनुहोस्