Logo
Logo

निर्मला र कर्माको स्वरमा ‘बाले चिठ्ठी पठाउँथे’ (भिडियोसहित)



काठमाडौं । गायिका निर्मला थापा मगर र कर्मा पहाडी शेर्पाको स्वरमा नयाँ गीत तथा भिडियो सार्वजनिक भएको छ । ‘बाले चिठ्ठी पठाउँथे’ बोलको गीतलाई गायिका निर्मलाकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

कर्मा पहाडी शेर्पा र सुरेश राना मगरको शब्दरचना रहेको उक्त गीतको संगीत पनि सुरेश रानाले नै गरेका हुन् । ‘बाले चिठ्ठी पठाउँथे’ गीतको भिडियोलाई भगिरथ गाहा मगरले निर्देशन गरेका हुन् ।

सुरेश श्रेष्ठको नृत्य कोरियोग्राफी रहेको यस भिडियोमा रमेश थापा र जुना गुरुङले अभिनय गरेका छन् । गीतमा आर्थिक अवस्था कमजोर भएको बाध्यतावस वैदेशिक रोजगारीमा जानुपर्ने युवाको आम युवाको पीडालाई समेटिएको छ ।
गायिका निर्मलाको यो पछिल्लो गीतको भिडियो हो, जुन गीतबाट आफू आशावादी रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्