Logo
Logo

भिडियोमा ‘मायाको मौसम’



काठमाडौं । गायिका ममता गुरुङ र गायक एवं गीतकार डिपी खनालको युगल स्वरमा रोमान्टिक भर्सनको ‘मायाको मौसम’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

सदु थापा खनालको शब्द, शंकर थापा ‘स्माइल’को संगीतमा रहेको यस गीतलाई विश्व अधिकारीले संगीत संयोजन गरेका हुन् ।
मुनालशिशिर कोइरालाको निर्देशनमा तयार पारिएको भिडियोमा सुधिर श्रेष्ठ र जुना कार्कीले अभिनय गरेका छन् । इलाम र झापाका मनोरम स्थानलाई समेटिएको भिडियोलाई सुजन श्रेष्ठले छायाँकन गरेका हुन् ।

दिन्शन शाहले भिडियोको सम्पादन एवं कलर गरेका हुन् । मोडल सुधिरको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्