चितवन । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले जनता सत्ता गठबन्धनलाई जिताउन आतुर रहेको बताएका छन् ।
बिहीबार चुनावी सभालाई सम्बोधन गर्न भरतपुर आएका अध्यक्ष नेपालले पत्रकारहरुसँग यस्तो बताएका हुन् । उनले भने, ‘गठबन्धनको पक्षमा राम्रो माहोल बनेको छ । यसपटक जनताले गठबन्धनलाई जिताउनेछन् ।’

अध्यक्ष नेपालले जनताले सबै स्थानमा गठबन्धन भए राम्रो हुन्थ्यो भनेको बताउँदै भने, ‘भरतपुरमा केही समस्या देखिएपनि बागीलाई उम्मेदवारी फिर्ता गराउन कोशिस भइरहेको छ ।’ उनले राजनीतिक परिवर्तनमा सबै पार्टी मिलेर सहकार्य गरेर अगाडि बढेको बताए ।














