Logo
Logo

नेपाल लाइफ इन्स्योरेन्स २२औँ वर्षमा प्रवेश



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड स्थापनाको २१ वर्ष पूरा गरी २२औँ वर्षमा प्रवेश गरेको छ ।

२२औँ वार्षिकोत्सवको अवसर पारेर कम्पनीले देशका विभिन्न नौ ठाउँमा नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न गरेको जनाइएको छ । ‘रक्तदान जीवन दान’ भन्ने अभिप्रायले पे्ररित उक्त कार्यक्रममा अभिकर्ता, कर्मचारी तथा सर्वसाधारण गरी तीन सय दुईजनाले रक्तदान गरेको कम्पनीले जनाएको छ ।

त्यस्तै, कम्पनीमा अविछिन्न रूपमा दुई दशक तथा एक दशक सेवा गर्ने कर्मचारीलाई प्रशंसापत्रका साथ सम्मान गरेको जनाइएको छ । कम्पनी विसं ०५८ साल वैशाख २१ गते स्थापना भई बिमित तथा सेवाग्राहीलाई निरन्तर उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

देशका दूरदराज, कुना–कन्दरासम्म बिमाको पुहँच पु¥याउँदै मानिसको जीवनमा आइपर्ने जोखिममा आर्थिक भार कम गर्न सफल भएको कम्पनीको दाबी छ । यसले मानिसको मुहारमा मुस्कान छर्न र पीडामा मलम लगाउन सफल भई आज देशको सबैभन्दा सफल र सर्वाधिक विश्वासिलो लाइफ इन्स्योरेन्स कम्पनी बन्न सफल भएको कम्पनीको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्