Logo
Logo

लुम्बिनी विकास बैंकको एकैसाथ थप नयाँ दुई शाखा



काठमाडौं । लुम्बिनी विकास बैंकले देशका विभिन्न ठाउँमाका ग्राहकलाई बैंकिङ सेवा पु¥याउने उद्देश्यले २०७९ वैशाख २१ गतेदेखि थप दुई शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखामा ८०औँ शाखाका रुपमा काठमाडौं महानगरपालिका वडा नं १३ स्थित कलंकी शाखा र ८१औँ शाखाका रुपमा नुवाकोट जिल्ला बिदुर नगरपालिका वडा नं २, स्थित बट्टार शाखा रहेका छन् ।

बैंकको कलंकी शाखा उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष दशरथ रिसालले र बट्टार शाखाको उद्घाटन बैंकका सञ्चालक चिन्तामणि भट्टराई र नुवाकोट उद्मोग वाणिज्य सघंका अध्यक्ष ताराबहादुर कार्कीले उद्घाटन गरेका थिए ।

यी दुई शाखासहित बैंकले देश सातै प्रदेशमा ८१ शाखामार्फत कारोबार गर्दै आएको छ भने निकट भविष्यमा कपिलवस्तुको चन्द्रौटा, बर्दियाको ताराताल, कैलालीको लम्की र मसुरिया एवं कंचनपुरको बाणीसमेत गरी थप पाँच शाखा खोल्ने तयारी गरेको जनाएको छ ।

लुम्बिनी विकास बैंकले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नवीनतम प्रविधिसहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । ग्राहकलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दति खातामा मासिकरुपमा ब्याज प्रदान गर्ने विशेष योजनासमेत कार्यान्वयनमा ल्याएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्