Logo
Logo

ग्लोबल आइएमई र बैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच सम्झौता



काठमाडौं । ग्लोबल आइएमई बंैक लिमिटेड तथा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच विभिन्न सौर्य मिनी ग्रिड परियोजनाहरू निर्माणमा सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक डा. मधुसुधन अधिकारीले हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार नेपाल सरकार तथा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच प्राइभेट सेक्टर लेड मिनी ग्रिड इनर्जी एक्सेस प्रोजेक्ट सम्बन्धमा सम्पन्न भएको सहायक ऋण सम्झौताबमोजिम आयोजना कार्यान्वयनका लागि केन्द्रले बैंकलाई रकम उपलब्ध गराउनेछ । उक्त रकम ग्लोबल आइएमई बैंकले एक सय किलोवाट पावर सौर्य मिनी ग्रिड परियोजना निर्माण–जडान तथा विद्युत् वितरण कार्यका लागि ऋणका रूपमा उपलब्ध गराउने जनाइएको छ ।

बैंकले यस्ता किसिमका परियोजनामा लगानी गर्नुका साथसाथै साना तथा मझौला व्यवसायलाई प्रवद्र्धन गर्न विभिन्न वित्तीय सुविधाहरू प्रदान गर्दै व्यवसाय वृद्धिका लागि सहयोग गर्ने लक्ष्य रहेको जनाएको छ ।

यसैअनुसार यस सम्भौताअन्तर्गत देशको दूरदराजमा सञ्चालन हुने साना परियोजनामा विभिन्न बैंकिङ सुविधा प्रदान गरिने उल्लेख छ । बैंकले हाल देशका ७६ जिल्लामा दुई सय ८८ शाखा, दुई सय ५२ एटिएम, दुई सय ७५ शाखारहित बैंकिङ सेवा, ५१ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरका साथै तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिँदै २८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको जनाएको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्