रौतहट । रौतहटको बृन्दावन नगरपालिकाका मेयर पदको उम्मेदवारमा घोषण गरेका विनोद प्रसाद पटेलले आफ्नो घोषण पत्रमा शिक्षालाई प्राथमिक दिएका छन् ।

नगरबासीको मानसिक विकासका लागि शिक्षा निकै महत्तवपूर्ण भएकाले उनले शिक्षालाई प्राथमिकता दिएका हुन् । बृन्दावन नगरपालिकामा शिक्षा निकै कमजोर हुँदै गएको अवस्थामा नेकपा एकीकृत समाजवादी पार्टीबाट मेयर पदका उम्मेदवारी दिएका पटेले आफूले जित सबैभन्दा पहिले शिक्षको सुधार गर्ने बताएका छन् ।
प्रत्येक विद्यालयमा सीसीटिभी जडान, सामुदायिक विद्यालयमा हप्तामा एकदिन उदमशीलता, खेलकुद, संगीत, कला र नेतृत्व विकासका लागि प्रशिक्षण गर्ने उनको योजना छ ।
त्यस्तै नगरपालीकामा भएका विद्यालयहरुको शिक्षा स्तर प्रभावकारी र गुणस्तरीय बनाउको लागि नगर प्रमुखको मातहतमा हुने गरी सुपरीवेक्षक टेली खटाइने, शिक्षाकहरुको हाजिरी इलेक्ट्रोनिक प्रविधिबाट गरिने, स्मार्ट टेक्नोलोजीद्वारा पढाइने उनको प्रतिवद्धता रहेको छ ।
स्वास्थ्य क्षेत्र
शिक्षा पछि स्वास्थ्य क्षेत्रमा उनको प्रथामिकता छ । स्वास्थ्य सुधारको नाममा अनियमितता र औषधि खरिदमा भइरहेको लापरबाहीलाई हटाउने उनको प्रतिबद्धता छ ।
‘बर्थिङ सेन्टर’को लागि एउटा छुट्टै भवन राखी गुणस्तरीय र सुरक्षीत गर्भपतनको सेवा दिने, प्रत्येक वडामा योग्य चिकित्सक, नर्स र नियमित स्वास्थ्य जाचका लागि डायग्नोस्टिक ल्याब सहितको स्वास्थ्य क्लिनिकको सुरुवात गरिने उनको प्रतिबद्धता छ ।
त्यस्तै आपतकालीन, ओपीडी ल्याब काउन्सिलिङको व्यवस्था गरिने, घरमै स्वास्थ्य सुविधा तथा चेक गरिने उनको प्रतिवद्धता छ । चिनी रेग, खोकी, ज्वरो र काउन्सिलिङ उपलब्ध गराइने, घर–घरमा गएर खोप दिइने, एम्बुलेन्सको व्यवस्था गरिने र २४ सैं घण्टा हेल्पलाईन सेवा र हरेक स्वास्थ्य कार्यालय सीसीटिभीबाट निगरानी गरिने उनको प्रतिवद्धता छ ।
खेल क्षेत्र
पटेलले खेलकुद क्षेत्रलाई पनि प्राथमिकतामा राखेका छन् । हरेक वडामा खेलकुद मैदान बनाउने, राम्रा खेलाडीलाई छनोट गरी ‘बृन्दावन टिम’ बनाउने उनको भनाइ छ । उक्त टिमलाई प्रदेश र केन्द्रसम्मको प्रतियोगितामा पठाइने उनले बताए ।
त्यस्तै बृन्दावन टिममा छनोट हुनेलाई भात्ता उपलब्ध गराउने, शिक्षा र स्वास्थ्य निःशुल्क हुने, फुटबल तथा क्रिकेटका टिमलाई केन्द्रबाट प्रशिक्षक बोलाई प्रशिक्षण दिइने उनको भनाइ छ ।
कृषी क्षेत्र
पटेलले कृषि क्षेत्रलाई पनि उत्तिकै प्रथामिकतामा राखेका छन् । उनले तरकारी खेती गर्नको लागि कृषी सामग्री र सोलबारबाट चल्ने मोटर कृषकलाई उपलब्ध गराउने उनले बताए ।
पशुपालनको लागि अनुदान उपलब्ध गराउने, हरेकको खेतमा पानी पुग्ने गरी कुलोको निर्माण गर्ने, कृषी सयेग कक्षाको स्थापना गर्ने, कृषी सम्बन्धी तालिमहरु सञ्चालन गर्ने उनको प्रतिवद्धता छ ।
पर्यटन क्षेत्रको विकास गर्ने
पर्यटनको लागि जगदर पोखरीलाई सौन्द्रीयकरण गर्ने, चिल्ड्रेनपार्क, फनपार्क, बोटिङ्गको विकास गर्ने पटेलको योजना छ । बन्जी जम्प, स्वीमीङ पुल, वाटरफलपार्क बनाउने उनको घोषणापत्रमा उल्लेख छ ।
उम्मेदवार पटेलले घोषणापत्रभन्दा पनि दोब्बर विकास गर्ने बताएका छन् । त्यसको लागि कलम छापमा भोट हालेर आफूलाई जिताउने उनको आग्रह छ ।











