Logo
Logo

गठबन्धनको पक्षमा परिणाम देखेर प्रतिगमनकारी आत्तिए : चित्रबहादुर केसी


504
Shares

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरेको छन् । काठमाडौंमा शुक्रबार पाँच दलीय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।

पाँच दलीय गठबन्धनको पक्षमा परिणाम देखिएपछि अहिले प्रतिगमनकारी शक्ति आत्तिएको पनि बताए । उनले भने, ‘पाँचदल भित्र पार्टीको निर्णय मान्दैनन भने पाँच दलभित्र मतभेद छ, बिरोध छ, चित्त नबुझेको कुरामा विमत्ति राख्छौं, मिल्ने कुरामा मिल्ने हो नमिल्ने कुरा नमिल्ने हो। प्रतिगामीका मतियार हुन् गठबन्धन भनेको मिलेको कुरामा सहकार्य गर्ने हो एकता गर्ने हो ।’

राष्ट्रिय जनमोर्चाले इमान्दारितापूर्वक गठबन्धनका उम्मेदवारलाई मतदान दिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्