काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बाँनियाले गठबन्धन अहिलेको आवश्यकता भएको बताएका छन् । पाँच दलीय गठबन्धनले शुक्रबार रत्नपार्कमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘यो गठबन्धन न्यायपूर्ण छ । व्यवहारिक छ । मानेर जानुपर्छ सबैले यो संविधानको रक्षाको लागि र सम्बृद्धिको यात्राका लागि । गठबन्धन अहिलेको आवश्यकता र औचित्य पनि हो । जनताले न्याय र सेवा पाउने छन् ।’
उनले एमालेले हावादारी गफ दिने व्यक्तिलाई मेयर र कलेज पढ्दै गरेकालाई उपमेयरको उम्मेदवार बनाएर उपहास गर्ने काम भएको बताए ।














