काडमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूलाई सोझो, लचिलो र त्यागी भएको बताएका छन् । पाँच दलीय गठबन्धनले शुक्रबार काठमाडौंमा गरेको चुनावीसभालाई सम्बोधन गर्दै आफू लचकता भएको बताए ।

उनले भने, ‘म सोझो पनि र लचिलो र त्यागी पनि छु । मजाकमा भनेको होइन, त्यो राम्रोसँग हेर्नु भयो भने त्याग पनि देख्नुहुन्छ, लचकता देख्नुहुन्छ । अस्थिरता एक तर्फबाट, अर्कोतर्फ हेर्दा गतिशील नेता हो । अहिलेसम्म जे गरेका थियौ त्यसमा मलाई गर्व छ ।’











