Logo
Logo

‘हँसिया हथौडाले रुखमा र रुखवालाले हँसिया हथौडामा भोट हाल्न स्वीकार्नुपर्छ’


4.5k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हँसिया हथौडाले रुखमा र रुखवालाले हँसिया हथौडामा भोट हाल्न स्वीकार्नुपर्ने बताएका छन् ।

उनले भने, ‘कतिपय मर्न तयार तर आफ्नो चिह्न बाहेक भोट हाल्दिन भनेर लकिरको फकिर भएर हुँदैन आजको आवश्यकता एकता र सहकार्य नै हो ।’

पाँच दलीय सत्ता गठबन्धनले शुक्रबार काठमाडौंमा अयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै आगामी निर्वाचन प्रतिगमन वा प्रगतिशिलको पक्षमा कता उभिने हो भन्ने ‘ब्याटल’ भएको बताए ।

उनले भने, ‘जुन दिनसम्म कांग्रेस र कम्युनिष्ट पानी बराबार भयो यसले ३० वर्षसम्म देशले के पायो, वामपन्थी र कांग्रेस मिल्दा गणेशमान सिंहलाई कमाण्डर मानेर जनआन्दोलन सफल भयो । तर फेरि यस्तै अवस्था भएपछि जनयुद्ध शुरु भयो ।’

प्रतिक्रिया दिनुहोस्