Logo
Logo

पुरानै दोहोर्‍याउने कि नयाँ रोज्ने ?


रुपेन्द्र पटेल


वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । देशमा संघीयता आएपछि पहिलो निर्वाचित जनप्रतिनिधिको अवधि सकिएसँगै दोस्रो चरढा स्थानीय तहमा नयाँ जनप्रतिनिधि चुनिँदैछन् ।

पाँच वर्ष कार्यकाल सकिन लागेका अधिकांश जनप्रतिनिधि दोहोरिने सोचमा देखिन्छन् । पाँच वर्षे अवधिमा अघि बढाइएका सबै योजना पूरा नभएको भन्दै अपूरा कामलाई पूरा गर्ने एजेण्डा बोकेर पुनः दाहोरिने सोचमा अधिकांश जनप्रतिनिधि देखिन्छन् ।

तर, कतिपय मतदाता भने एउटै व्यक्तिले १० वर्षसम्म एकै ठाउँमा बसेर काम गर्नुभन्दा अरुलाई अवसर दिनुपर्ने सोचमा छन् । अझ उपप्रमुख पदमा पाँच वर्ष पूरा गरेकाहरुले प्रमुख पदमा उम्मेदवारी दिएका छन् ।

मुलुकमा संघीयतापछिको पहिलो निर्वाचित जनप्रतिनिधिको कार्यकाल सिक्ने र सिकाउनेमै बितेको पाइन्छ । अबको कार्यकाल भनेको जनताले महशुस गर्ने गरी हुने सामाजिक एवं भौतिक विकासको काममा केन्द्रित हुनुपर्छ ।

मुलकमा संघीयतापछि पहिलो निर्वाचित जनप्रतिनिधिको कार्यकाल सिक्ने र सिकाउनेमै बित्यो । कपितय तिनै दोहोरिन चाहेका छन् । पाँच वर्ष उपप्रमुख भएकाहरु प्रमुख पदमा उम्मेदवारी दिएका छन् । नयाँ रोज्ने कि परानै दोहोर्याउने ? जनताको हातमा छ ।

मुलकमा संघीयतापछि पहिलो निर्वाचित जनप्रतिनिधिको कार्यकाल सिक्ने र सिकाउनेमै बित्यो । कपितय तिनै दोहोरिन चाहेका छन् । पाँच वर्ष उपप्रमुख भएकाहरु प्रमुख पदमा उम्मेदवारी दिएका छन् । नयाँ रोज्ने कि पुरानै दोहोर्याउने ? जनताको हातमा छ ।

मुलकमा संघीयतापछि पहिलो निर्वाचित जनप्रतिनिधिको कार्यकाल सिक्ने र सिकाउनेमै बित्यो । कपितय तिनै दोहोरिन चाहेका छन् । पाँच वर्ष उपप्रमुख भएकाहरु प्रमुख पदमा उम्मेदवारी दिएका छन् । नयाँ रोज्ने कि परानै दोहोर्याउने ? जनताको हातमा छ ।

दोहोरिने चाहने जनप्रतिनिधिले पाँच वर्षको अवधिमा सबै काम पूरा नभएकाले अपूरो काम पूरा गर्ने एजेण्डा बोकेर जाने एउटा कुरा भयो । तर, समग्रमा पालिकाको आवश्यकता र त्यो आवश्यकता पूरा गर्न देखिएका चुनौतीलाई ब्याख्या गर्दै थप योजना स्पष्ट रुपमा राख्न सक्नुपर्छ ।

विना योजना पुरानो काम पूरा गर्ने एकल एजेण्डाकै भरमा दाबी गर्दा एउटै व्यक्तिलाई १० वर्षसम्म दिनु हुँदैन भन्ने पक्ष सवल बन्नेछ । नयाँ जनप्रतिनिधिले आफू कुनै पालिकाको प्रमुख या उपप्रमुखमा योग्य छु भनेर दलहरुसँग कुरा राख्दा वा स्वतन्त्र हैसियतले जनतासँग कुरा राख्दा आफ्नो बखान गरेरभन्दा आफूले नेतृत्व गर्न चाहेको पालिकाको अवस्था र त्यसको सुधारका लागि वा त्यसको भौतिक, सामाजिक, राजनीतिक र आर्थिक विकासका लागि के के योजना छन् भनेर स्पष्ट खाका प्रस्तुत गर्न सक्नुपर्छ ।

अबको निर्वाचनमा सकेसम्म एक कार्यकाल पूरा गरिसकेका जनप्रतिनिधिले दोहोर्याउने कुरालाई प्राथामिकतामा राख्नु हुँदैन । यस्तो कुराले नेतृत्व विकास जाम हुने अवस्था बन्छ भने अर्कोतिर लोकप्रिय काम गरेको व्यक्ति पनि फेरि अर्को कार्यकाल त्यहि लोकप्रियताको शिखरमा नरहन सक्छ ।

कुनै पालिकामा पुरानै जनप्रतिनिधिले जनताको भावनाअनुसार काम गरेको छ र त्यो पालिकामा उसको नेतृत्वकै कारण विकास र समृद्धिको यात्रामा महत्वपूर्ण काम भएको छ भने त्यस्तो नेतृत्वलाई दोहोर्याउन रोक्नु पनि हुँदैन । हामी सबैले बुझ्ने कुरा के भने हरेक राजनीतिक दलका चुनावी घोषणापत्रमा एउटा पालिकामा विकास तथा सुशासनका लागि उदाहरणीय बनाउने बुँदाहरु रहेका हुन्छन् ।

सवाल के मात्र हो भने त्यसलाई इमान्दारितापूर्वक कार्यान्वयन गर्ने पात्र पुग्छन् कि पुग्दैनन् भन्ने मात्र हो । त्यसैले हेक्का राखाँै, अबको नेतृत्व पुरानै कि नयाँ भन्ने बहस चलिरहँदा उसको इमान्दारिता र इच्छाशक्ति तथा प्रतिवद्धतालाई मूल्याँकन गर्नु जरुरी हुन्छ ।

केही स्थानीय तहका जनप्रतिनिधिले खराब काम गरे भन्दैमा सबैलाई आरोप लाउन मिल्दैन । कस्ता जनप्रतिनिधि जिताउने ? कस्तालाई मत दिने भन्ने कुरा जनताको हातमा छ । राजनीतिक दलहरु अहिले कसलाई उठाउँदा जितिन्छ भन्नेमा छन् । जनताले चाहिँ कसलाई जिताउँदा हाम्रो गाउँठाउँको उन्नति हुन्छ भन्नेमा सचेत निणर्य लिन सक्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्