Logo
Logo

पोखरासहित कास्कीका बहुमत स्थानमा हामी जित्छौँ : गठबन्धन


1k
Shares

पोखरा । पोखरा महानगरपालिकासहित कास्कीका बहुमत स्थानमा गठबन्धनका उमेद्वारले विजय हासिल गर्ने नेताहरुले दावी गरेका छन् । गठबन्धनद्धारा पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै यस्तो दावी गरेका हुन् ।

पोखरा महानगरपालिकासहित कास्कीका पाँचवटै स्थानीय तहका अधिकांश स्थानमा गठबन्धनका साझा उमेदवार रहेको जनाकारी दिँदै बहुमत स्थानमा गठबन्धनको जित सुनिश्चित रहेको दावी छन् । केन्द्रको परिपत्र अनुसार कास्कीमा गठबन्धन भित्रका दलबिच साझोदारी गरिएको र केही स्थानमा मित्रवत प्रतिस्पर्धा गर्ने सहमति गरिएको नेपाली कांग्रेस कास्कीका सभापति किशोदत्त बरालले जानकारी दिए ।

बरालका अनुसार पोखरा महानगरपालिकाका १६ वटा वडामा गठबन्धन गरिएको छ भने, बाँकी वडामा मित्रवत प्रतिस्पर्धा गर्ने सहमति गरिएको छ । ति वडाहरुमा पनि चुनावी तालमेलका विषयमा निरन्तर छलफल भइरहेको बरालले बताए । गठबन्धनलाई आगामी निर्वाचनमा समेत कायम राख्ने गरि दलहरुबिच परामर्श गरिरहेको उनले जानकारी दिए ।

गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकिकृत समाजवादी), जनता समाजवादी र राष्ट्रिय जनमोर्चा सामेल छन् । गठबन्धनमा आवद्ध दरुहरुको संयुक्त उम्मेदवारका रुपमा पोखर महानगरपालिकाको प्रमुख पदका लागि एकिकृत समाजवादीका धनराज आचार्य र उपप्रमुख पदका लागि नेपाली कांग्रेसकी कोपिला रानाभाट चुनावी मैदानमा छिन् ।

प्रतिक्रिया दिनुहोस्