
धरान । पाँच दलीय गठन्धनले सुनसरीको धरान उपमहानगरपालिकालाई महानगरपालिका बनाउने योजनासहित प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ ।
शनिबार सार्वजनिक गरिएको प्रतिबद्धतापत्रमा धरानलाई महानगरपालिकाका बनाउनेदेखि उज्यालो धरान बनाउनेसम्मका योजना समावेश छन् ।
वैशाख ३० को आसन्न स्थानीय निर्वाचन अन्र्तगत धरान उपमहानगरपालिकाको निर्वाचनमा होमिएको सत्तारुढ गठबन्धनका उमेद्वारले सार्वजनिक गरेको प्रतिद्धतापत्रमा धरानको जटिल समस्याको रुपमा रहेको खानेपानी समस्या समाधान गर्ने विषयले प्राथमिकता पाएको छ ।
सर्वसाधारणको दैनिक जीवनमा पर्ने समस्या, धरानको गुरुयोजना, धरानलाई खेलकुदको सहर बनाउने योजनाका साथै सुन्दर, उज्यालो एवं पर्यटकीय गन्तव्य स्थल बनाउनेलगायतका कुरालाई आफ्नो कार्यकालमा पूरा गर्ने प्रतिवद्धता जनाएका छन् ।
प्रतिबद्धतापत्रमा दीर्घकालीन योजनाहरु, भौतिक पूर्वाधार विकास, स्वास्थ्य, शिक्षालगायतका कुराहरुलाई समेटिएको छ । यस्तै धरानलाई स्वास्थ्यको हब बनाउदै प्रतिष्ठाको सुधारका लागि पहलकदमी अगाडि सार्ने, धरानका दीर्घरोगीहरुका लागि निःशुल्क औषधी उपचारका प्रदान गर्ने, धरानलाई पर्यटकीय हव बनाउने, धरान तथा धरान आसपासकामा रहेका क्षेत्रर्संग लिंक रोड निर्माण गर्ने कुरालाई पनि प्रतिबद्धतामा उल्लेख छ ।
गठबन्धनबाट कांग्रेसकाका तर्फबाट मेयर प्रत्यासी बनेका किशोर राईले धरानको समस्यालाई सुक्ष्मरुपमा अध्ययन गरी घोषणापत्र सार्वजनिक गरिएको बताए । यसलाई पूरा गरेर जाने प्रतिबद्धता जनाउँदै उनले भने– ‘समुन्नत धरान बनाउनका लागि सबैसंग सहकार्य, छफलल तथा सल्लाह सुझाव अनुसार अगाडि बढ्ने छौं, धरान उपमहानगरपालिकालाई चुस्त दुरुस्त र पारदर्शी बनाउन अगाडि बढ्ने छौं ।’














