Logo
Logo

गठबन्धनविरुद्ध बोल्नेलाई कार्बाही हुन्छ : देउवा


945
Shares

जनकपुर । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनको विरुद्धमा बोल्ने कारबाही गर्ने चेतावनी दिएका छन् ।

पाँच दलीय गठबन्धनले आज जनकपुरमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनको विरोधमा जानेलाई कार्बाही गर्ने चेतावनी दिएका हुन् ।

‘गठबन्धनको विरुद्धमा बोल्ने र पार्टीको निर्णयभन्दा बाहिर गएर बागाी उम्मेदवार बनेकाहरुका लागि पार्टीमा कुनै स्थान छैन’, देउवाले भने, ‘लोकतन्त्र संस्थागत गर्नका लागि गरिएको गठबन्धनविरुद्ध बोल्ने वा पार्टी बाहिर गएर उम्मेदवारी दिनु सह्य हुने छैन ।’

सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले देशभित्र रहेको नागरिकता समस्या समाधान गर्न गम्भीर रहेको र नागरिकताबाट कोही पनि बञ्चित नरहने बताए ।

देशभित्र रहेका नागरिकता लगायतका समस्या समाधान गर्न तथा संघीयतालाई संस्थागत गर्नका लागि गठबन्धनको आवश्यक्ता रहेको उनले दावी गरे ।

उनले भने ‘प्राप्त अधिकार संस्थागत गर्न र निरंकुश तथा तानाशाह प्रवृत्तिलाई अन्त्य गर्नका लागि गठबन्धनलाई विजयी बनाउनु आवश्यक छ ।’

प्रतिक्रिया दिनुहोस्