Logo
Logo

बैशाख ३० गते आन्तरिक उडान बन्द हुने


630
Shares

काठमाडौं । बैशाख ३० गते सबै आन्तरिक उडान बन्द हुने भएको छ । वायुसेवा सञ्चालक संघ, नेपालले मानवीय उद्धार, सहायता उडान एवं सरकारको निर्देशनमा हुने उडानबाहेकका सबै नियमित आन्तरिक सेवा बन्द गर्ने जनाएको हो ।

निर्वाचन आयोगको ‘स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतदान हुने दिनको सवारी आवागमन व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७९ अनुसार संघमा आबद्ध सबै वायुसेवाले आन्तरिक उडान बन्द गर्न लागेका आइतबार विज्ञप्तिमार्फत संघले उक्त जानकारी दिएको हो ।

प्रतिक्रिया दिनुहोस्