Logo
Logo

एनसीसीबैकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न



काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैक चौतारा शाखाले सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । चौतारा सागाचोकगढी ७, सानो सिरुवारीस्थित सिद्घिगणेश माध्यमिक विद्यालय परिसरमा भएको यस कार्यक्रममा बैकका चौतारा शाखा प्रबन्धक सम्पूर्ण गिरीको सभापतित्वमा सम्पन्न भएको थियो ।

कार्यक्रममा बचतको महत्व, बचत गरेको रकम बैकमा खाता खोली जम्मा गर्नुपर्ने, ऋण लिने कारण, साना ठूला जुनसुकै प्रकारको ब्यवसाय गर्न बैंकबाट सहुलियत ब्याजदरमा कर्जा लिने, बीमा, पारिवारिक बजेटको महत्व, वित्तीय साक्षरतामा नेपाल राष्ट्र बैंकको योगदानका साथै धितोपत्र, सम्पत्ति शुद्धिकरण र विद्युतीय कारोबारसम्बन्धी जानकारीबारे राष्ट्र बैकका भूपू कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले प्रष्ट पारेका थिए ।

बैकका मार्केटिङ अफिसर विवेक राजकर्णिकारले बैंकको इतिहास बताउँदै वित्तीय साक्षरतातर्फ अग्रसर बन्नुपर्ने कुरामा जोड दिँदै बैकले दिइरहेको सेवा सुबिधासम्बन्धी जानकारी गराए । सय जनाभन्दा बढीको उपस्थिति रहेको साक्षरता कार्यक्रममा महिलाको सहभागिता उल्लेख्य थियो । सहभागिहरुले वित्तीय साक्षरतासम्बन्धी बचत, ऋण, बिमा, शेयरलगायत थुप्रै कुरामा जानकारी दिएकामा खुशी व्यक्त गरेका थिए ।

कार्यक्रममा सभापति तथा बैंकका प्रबन्धक गिरीले अहिले चौतारा शाखाले १० हजार औषधि बिमा सुबिधा २८ जना सदस्यलाई उपलब्ध गराएको जानकारी गराउँदै बैंकले बचतकर्ताको हितमा काम गरिरहेको बताए । त्यसैगरी राष्ट्र बैंकको निर्देशनबमोजिम बैंक ग्राहक हित संरक्षण गर्न प्रतिबद्ध रहेको प्रष्ट पार्दै उनले सहभागीलाई धन्यवाद ज्ञापन गरेका थिए ।सन इन्फोटेक एण्ड सोलुसन्सको समन्वयमा सम्पन्न कार्यक्रममा संसथाका प्रबन्ध निर्देशक टेकनाथ पोखरेलले सञ्चालन गरेका थिए ।

देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १३९ शाखा १४ एक्स्टेन्सन काउन्टर र ११४ एटिएम वुथहरु सञ्चालन गरी ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ । एनसीसी बैंक २५ वर्षदेखि आम नागरिकमाझ विश्वासिलो बैंकिङ सेवा प्रवाहका साथै सामाजिक कार्यमा पनि सक्रिय सहभागी हुँदै आएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्