Logo
Logo

नेपाल र जिम्बाब्वे ‘ए’ को तेस्रो एक दिवसीय क्रिकेट प्रभावित


630
Shares

काठमाडौं । ओसिलो मैदानका कारण नेपाल र जिम्बाब्वे ‘ए’ बीचको तेस्रो एक दिवसीय क्रिकेट प्रभावित भएको छ ।

त्रिवि मैदान कीर्तिपुरमा बिहान साढे ९ बजे नै हुने भनिएको खेल अहिलेसम्म सुरु हुन सकेको छैन । ओसिलो मैदानका कारण टस हुन ढिलाइ भइरहेको छ ।

आज नेपाल जिम्बाब्वेलाई हराउँदै श्रृङ्खला जित्न चाहन्छ । तीन खेलको श्रृङ्खला १–१ को स्थितिमा छ । यसअघि भएका खेलमा नेपाल एकमा विजयी र एकमा पराजित भएको थियो ।

अस्ति नेपालले जिम्बाब्वे ‘ए’ लाई ९ विकेटले हराएको थियो भने शुक्रवार भएको पहिलो एक दिवसीयमा नेपाल ३ विकेटले पराजित भएको थियो ।

आईसीसी पुरुष क्रिकेट विश्व कप लिग टु अन्तर्गत अमेरिकामा हुने एक दिवसीय श्रृङ्खलाको तयारी स्वरूप नेपालले जिम्बाब्वे ‘ए’ सँग श्रृङ्खला खेलिरहेको हो ।

एक दिवसीयअघि भएको तीन खेलको टी–२० श्रृङ्खला १–१ को बराबरीमा सकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्